दफा
जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मान्ने

(१) यस ऐन बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी निर्धारण गरिनेछ ।

(२) उपदफा (१) बमोजिम निर्वाचन क्षेत्र निर्धारणको लागि जनसंख्याको आधार लिँदा तत्काल अघिको राष्ट्रिय जनगणनाबाट निश्चित भएको प्रत्येक जिल्लाको जनसंख्यालाई आधार मान्नु पर्नेछ ।